सुदूरपश्चिममा थप ५६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढीः  सुदूरपश्चिमका थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहिबार ४११ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १७ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ८ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का ३ जना, यस्तै वडा नम्बर १, ७ र १६ का २/२ जना, वडा नम्बर ८, १२, १४ र १८ का १/१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ठेगाना नखुलेका ५ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका ८ जना, गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाका ३/३ जना, र गौरीगंगा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका २/२ जना, त्यस्तै बेलौरी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार