कोरोनाबाट मृत्यु भएका व्यक्तिको गोदावरीमा शव जलाएर अन्त्येष्टि

गोदावरीका कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवको जलाएर अन्त्येष्टि

बिगतमा नेपाली सेनाले कोरोनाको संक्रमणबाट मृत्यु भएकाहरुको शव गाड्ने गरेको थियो । शुरुवाती दिनमा परिवारको सदस्य दाहसंस्कारमा सहभागी समेत हुन पाउदैनथे ।

तर कार्यबिधि संशोधन भएसंगै मृतकका परिवारजनकै उपस्थितिमा शव जलाएर दाहसंस्कार गर्न दिईन थालिएको छ । सेती प्रादेशिक अस्पतालमा हिजो राति मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका– ४ स्मृति टोलका ७३ वर्षीय शेर बहादुर महराको आज दिउसो गोदावरी नगरपालिका– २ स्थित गोदावरी आर्यघाटमा धार्मिक संस्कार अनुसार जलाएर अन्त्येष्टि गरिएको छ ।मृतकका परिवारजनले नै शवमा मुखाग्नी दिएका थिए ।

नेपाली सेनाको भवानी दल गण तेघरीका सह सेनानी नवल सिंह रोकायाको नेतृत्वको टोलीले महराको अन्त्येष्टि गरेको हो । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको जलाएर अन्त्येष्टि गरिएको यो दोस्रो घट्ना हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार