द गरुडा एक्सप्रेस प्रा.लि को शाखा धनगढीमा पनि

द गरुड एक्सप्रेस

धनगढी: कैलालीमा द गरुडा एक्सप्रेस प्रा.लि ले आफ्नो पहिलो शाखा विस्तार गरेको छ । द गरुडा एक्सप्रेस कुरियर कम्पनी हो। जिल्लाको धनगढी उपमहानगरपालिका एलएन चौकबाटगरुडा एक्सप्रेस ले सेवा दिन थालेको हो । विगत २ बर्षदेखि काठमाण्डौंबाट सेवा प्रदान गर्दै आएको एक्सप्रेसले सुदूरपश्चिममको धनगढीमा शाखा विस्तार गरेर सेवा दिन थालेको हो ।

शाखा प्रमुख यज्ञराज भट्टका अनुसार देशभर शाखा विस्तार गर्ने लक्ष्य सहित कैलाली बाट सुरुवात गरिएको जानकारी दिए । कम्पनीले एक ठाउँको सामान अर्को ठाउँमा सुरक्षित तरिकाले पुर्‍याउदैं आएको छ ।

शाखा प्रमुख भट्टले नेपालमा थुप्रै कूरियर कम्पनी भएपनि गरुड एक्सप्रेस एकै दिनमा पिकअप र डेलिभरी गर्ने एक मात्र कम्पनी रहेको बताए । योसंगै कम्पनीले १ घण्टा एक्सप्रेस सेवा पनि सञ्चालनमा राखेको छ। यो सेवा अति आवश्यक परेको समयमा लिन सकिन्छ ।

२०७५ सालमा स्थापना गरिएको उक्त कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ । निकट भविष्यमा ७ वटै प्रदेशमा साखा बिस्तार गर्ने योजना रहेको सस्थापक सदस्य तथा कार्यकारी प्रमुख लोकेन्द्र सिंह साउँदले जानकारी दिए ।

पहिलो चरणमा ७ वटै प्रदेशमा शाखा विस्तार गर्ने र अर्को चरणमा ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरी सेवा प्रदान गर्ने उनले बताए । आफ्नै अनलाइन प्रणालीबाट सेवा प्रदान गर्दै आएको उक्त कम्पनीको वेबसाइट मा गएर आफ्नो सामान सुरक्षित साथ पठाउन अर्डर गर्न सकिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार