धनगढीको कञ्चन मःम उद्योगले पुरा गर्यो असाहयहरुको मःम खाने रहर !

दृष्टि फाउन्डेसनलाई खाजा स्वरुप मःम सहयोग

धनगढीः धनगढीको मोतीचोकमा रहेको कञ्चन मःम उद्योगले दृष्टि फाउन्डेसनलाई खाजा स्वरुप मःम सहयोग गरेको छ ।

धनगढी उप-महानगरपालिकाको मोतीचोकमा अवस्थित कञ्चन मोमो उद्योगले असहाय, गरिब तथा समस्यामा परेकाहरुलाई सहयोग गर्ने ध्येयका साथ पहिलो चरणमा दृष्टी फाउन्डेसनमा उद्धार गरि राखिएका असाहयहरुलाई मःम खुवाएको उद्योगमा संचालक कपिल जोशिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सेवा नै धर्म हो भन्ने मान्यताका साथ १५० प्लेट मोमो खाजा स्वरुप सहयोग गरेका हौं ।’

आगामी दिनमा पनि आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक कार्यमा अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्दै जोशिले यस्ता कार्यमा निस्वार्थ भावनाले सबैलाई लाग्न अनुरोध गर्नुभएको छ ।

भर्खरै सुरुवात गरिएको उक्त उद्योगले धनगढीमा मःम को फरक स्वाद उपलब्ध गराउने लक्ष्य लिएको संचालक जोशिले बताउनुभयो । यो सँगै जोशिले विदेशमा जानुभन्दा स्वदेशमै केहि गरेर राज्य र आफ्नो समाज परिवर्तनका लागि जुट्न समेत आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार