नेपाल प्रजातान्त्रिक महासङ्घको सूचना तथा प्रचार विभाग कैलालीको संयोजकमा अयडी

गगन अयडी
धनगढी । नेपाल प्रजातान्त्रिक महासङ्घ सूचना ,प्रविधि तथा प्रचार विभागको कैलाली शाखाको संयोजकमा गगन अयडी र सचिवमा शेरबहादुर ऐरलाई मनोनयन गरिएको छ ।
प्रेस युनियन कैलालीका सदस्य , फोटो पत्रकार महासङ्घका उपाध्यक्ष तथा खेलकुद पत्रकारिता मञ्चका सदस्य अयडीलाई संयोजकमा र नेपाल प्रेस युनियन सदस्य एवं स्वास्थ्य पत्रकार मञ्च सुदूरपश्चिमका संयोजक शेरबहादुर ऐरलाई सचिवमा शुक्रवार मनोनयन गरिएको महासङ्घको सूचना , प्रविधि तथा प्रचार विभाग केन्द्रीय संयोजक रोजी ढकाल पराजुलीले बताइन ।
शुक्रवार विभागको कैलाली शाखामा सदस्यहरूमा कुसुम धामी , रतनलाल चौधरी , राजकुमार साउँद , विवश चौधरी , चन्द्रप्रसाद खनाल , पुष्कर पौडेल , बिरेन्द्र शाह , महादेव गिरी र नरेन्द्रप्रसाद चौधरीलाई मनोनयन गरिएको सूचना ,प्रविधि तथा प्रचार विभाग सुदूरपश्चिम संयोजक दीपेन्द्र बस्नेतले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार