नगर बाल सञ्जाल धनगढी द्वारा वडा नं ६ मा वडा स्तरीय बाल क्लब गठन

नगर बाल सञ्जाल धनगढी द्वारा वडा नं ६ मा वडा स्तरीय बाल क्लब गठन

धनगढी वडा नं ६ को वडा स्तरीय बाल क्लबको अध्यक्षमा प्रतीक्षा विक

धनगढी: नगर बाल सञ्जाल धनगढीको आयोजना र धनगढी उप-महानगरपालिकाको समन्वयमा धनगढी उप महानगरपालिका ववडा.नं. ६ मा वडा स्तरीय बाल क्लब गठन गरीएको छ । वडा.नं. ६ को वडा स्तरीय बाल क्लबको अध्यक्षमा प्रतीक्षा विक भएकाी छन् ।

विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रत्यक्ष रूपमा सक्रिय गराइ बालबालिकाका समस्या पहिचान गरी त्यसको समाधानको लागि कदम चाल्ने उद्देश्यले प्रत्येक वडामा वडा स्तरीय बाल क्लब गठन गरिरहेको र विभिन्न प्राकृतिक तथा कृत्रिम सङ्कटमा बालबालिकालाई बढी जोखिम हुने हुँदा त्यस्ता जोखिम न्यूनीकरणका लागि अपनाउन सकिने क्रियाकलाप र सामूहिक काममा बालबालिकाको भूमिकालाई अग्रसर गराउन यस्ता क्लब बनाउनु आवश्यक पर्ने हुँदा यस्तो कदम चालेको बताइएको छ।

उक्त वडा स्तरीय बाल क्लबको अध्यक्षमा प्रतीक्षा बिक, उपाध्यक्षमा भीम जोशी, सचिवमा प्रकाश सुवेदी, सह-सचिवमा सागर जोशी, कोषाध्यक्षमा योगेन्द्र धामी र कार्यसमिति सदस्यमा नारायण सुवेदी, कविराज भट्ट, मेनका चौधरि, आयुषा चौधरी, अन्जली चौधरी सहित ९ जनाको तथर्त समिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार