कर्मनिष्ठ प्रहरी निरीक्षक थापा सम्मानित !

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक थापा सम्मानित

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापा सम्मानित हुनुभएको छ । सुदूरपश्चिम प्रदेश सभाको चौथो प्रदेश सभा दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रहरी निरिक्षक थापा सम्मानित हुनुभएको हो।

हरेक वर्ष प्रदेशसभामा कार्यरत कर्मचारीलाई प्रोत्साहन गर्नको लागि प्रदेश सभा दिवसको अवसरमा प्रदेश सभा सचिवालयले कर्मचारीलाई सम्मान गर्ने गरेको छ।

थापालाई प्रदेश प्रमुख अर्जुन बहादुर थापाले पुर्व मर्यादापालकको जिम्मेवारी कुसलतापुर्वक निर्वाह गरेको भन्दै सम्मान गर्नुभएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार