गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन आजदेखि सुरु हुने

१ सय २० प्रतियोगीले भाग लिँदै

द भ्वाइस अफ नेपाल

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन आजदेखि सुरु हुने भएको छ । यो सिजनको प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

यो प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ४० हजारबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिने छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२/१२ जना प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ रहेका छन् । यसअघि कोच रहेकी आस्था राउतको ठाउँमा गुरुङको इन्ट्री भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार