लकडाउन अवधिभर कञ्चनपुरमा हप्तामा ३ दिन किराना र तरकारी पसल खोल्न प्रशासनको आदेश !

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर

कञ्चनपुर:  कञ्चनपुरमा तीन दिन मात्रै किराना र तरकारी पसल खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर आज एक सुचना जारी गर्दै यस्तो बताएको हो ।

बिश्वभर फैलिरहेको नयाँ भेरियन्ट सहितको को संक्रमण कञ्चनपुर जिल्लामा समेत फैलिरहेको भन्दै तीन दिन मात्रै किराना र तरकारी पसल खुल्न पाउने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।

उनका अनुसार आईतवार, मंगलबार र बिहिवार बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाउने जनाएको छ । यस्तै औषधी तथा स्वास्थ्य सामाग्री,दुध डेरी एवं पेट्रोलियम पदार्थ जस्ता अतिआवश्यक पसलहरु खुल्ला रहने जनाएको छ । जिल्लामा बैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी छ।

No photo description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार