कैलालीमा जारी निषेधाज्ञा वैशाख ३० गतेसम्म निरन्तरता दिइने !

कैलाली: कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्म निरन्तरता दिईने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले बैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी जारी गरिएको निषेधाज्ञाको समयअवधि लम्बिएको हो ।

जिल्लामा कोरोना संक्रमणदर बढ्दै गईरहेको भन्दै बैशाख ३० गतेसम्म निषेधाज्ञा निरन्तरता दिने प्रमुख जिल्ला अभिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा सो निर्णय लागु हुने जनाएको छ ।

यस्तै सबै बैंक तथा वित्तीय संस्थाहरु वैैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९बजेदेखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार