प्रधानममन्त्रीले विश्वासको मत लिने, राष्ट्रपतिद्वारा २७ गतेका लागि विशेष संसद अधिवेशन आव्हान

Prime Minister KP Sharma Oli addresses the nation on Wednesday, April 14, 2021. Photo: RSS
Photo: RSS

काठमाण्डाै: राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गतेका लागि संसद्को विशेष अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यलयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधि सभाको विश्वस छ भन्ने प्रष्ट गर्न चाहेकोले संसद्को विशेष अधिवेशन आह्वान गरिएको कार्यालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेबारे जानकारी गराउनुभएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र कांग्रेसलगायत दलहरू मिलेर अविश्वासको प्रस्ताव लैजाने तयारी भएसँगै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार