सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ३२ जनाले जिते कोरोना, कुल संक्रमीतको संख्या कति ?

आइतबार सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा कोरोना परीक्षण

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढीः आइतबार सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ६ सय ५१ नमूना पीसीआर तथा ८२७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।  दुवै विधिबाट गरेर कूल १४७८ नमूना परीक्षण गर्दा ४७४ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

पीसीआर विधिबाट परीक्षण गर्दा २६० जना संक्रमित भेटिएका छन् भने। ऐन्टिजेन विधिबाट परीक्षण गर्दा २१४ जना संक्रमित फेला परेका छन्।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८३ हजार ९ सय ४५ नमूना परीक्षण गर्दा १९ हजार ३ सय ९२ जनामा संक्रमण फेला परेको छ।

प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ३ सय ३० जनाले कोरोना जितेका छन् भने ११२ जनाको मृत्यु भएको छ। सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ, भने ३२ जना संक्रमित निको भएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार