छिट्टै रुने व्यक्तिलाई कहिल्यै पनि कमजोर नसोच्नुस्

फिल्म हेर्दा होस् या किताव पढ्दा । कसैसँग कुराकानी गर्दा नै किन नहोस्,

छिट्टै रुने व्यक्ति

फिल्म हेर्दा होस् या किताव पढ्दा । कसैसँग कुराकानी गर्दा नै किन नहोस्, कोही व्यक्ति यस्ता हुन्छन् भावनात्मक विषयमा आँसु झारिहाल्छन् । फिल्मका इमोशनल दृश्य हेर्दा यस्ता व्यक्तिको आँखामा आँसु देखिहालिन्छ । केटाले रुँदा धेरैले ‘केटा भएर पनि रुन्छन् ?’ भन्छन् भने केटीले रुँदा सम्झाउने कोशिष गरिन्छ ।

भावनात्मक कुरा गर्दा आँसु झार्ने व्यक्तिलाई कमजोर मुटु भएको भनेर चित्रित गरिन्छ । तर यसमा सत्यता छैन ।

जो व्यक्ति भावनात्मक कुरा गर्दा रुन्छन्, उनीहरु भावनात्मक रुपमा अरु व्यक्तिभन्दा राम्रा हुन्छन् । साथै यस्ता व्यक्तिको स्वभाव पनि धेरै राम्रो हुन्छ । यदि तपाईं पनि यस्ता व्यक्तिमा पर्नुहुन्छ भने यसमा शरम मान्नुको अर्थ छैन । यो तपाईंभित्र एक राम्रो गुण भएको संकेत हो ।

जो व्यक्ति रुन्छन्, त्यस्तालाई कहिल्यै पनि कमजोर सोच्नुहुँदैन । यस्ता व्यक्ति यो सोच्दैनन् कि सबैको अगाडि रुँदा अरुले के सोच्लान ? न त उनीहरु आफूलाई कमजोर नै ठान्छन् । जो एक राम्रो वानी हो ।

भनिन्छ कि रुनु तनाव भागउने सबैभन्दा उत्कृष्ट उपाय हो । यदि तपाई तनावमा हुनुहुन्छ र त्यसलाई दूर गर्न सकिरहनु भएको छैन भने तपाईको मनमा नकरात्मक कुराले बढी स्थान लिन्छ । जसका कारण तपाईं विभिन्नखाले रोगको चपेटमा पनि आउन सक्नुहुन्छ । यसकारण तनावका बेला केही समय रुनुहोस्, जसले तपाईको मन हलुको हुनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार