बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना, चालक सहित ५ जनाको घटनास्थलमै ज्यान गयो !

चट्याङ लागेर घटना स्थलमै मृत्यु भएका वडा सदस्यको पोस्टमार्टमका लागी जिल्ला अस्पताल लैजाँदै गर्दा जिप दुर्घटना

पञ्चेश्वरमा जिप दुर्घटना
बैतडीः बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा जिप चालक सहित ५ जनाका घटनास्थलमै मृत्यु भएको छ। भने ३ जनाको अवस्थामा गम्भीर रहेको छ ।
सोमबार साँझ परेको चट्याङ लागेर घटना स्थलमै मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–०६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको सब पोस्टमार्टमका लागी जिल्ला अस्पताल बैतडी लैजाने क्रममा से १ ज १८३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जिप चालक सहित ५ जनाका घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु भएका ५ जना मध्ये ४ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका वडा न ६ रोडिदेवलका दीपक भण्डारी ३४ वर्ष, जित सि भण्डारी ५३ वर्ष, हिकमत सि भण्डारी २६ वर्ष र डम्बर भण्डारी ३० वर्ष र  जिप चालक दशरथचन्द नगरपालिका ०४ का तेज ब. बोहरा रहेको जनाइएको छ । गम्भीर घाइते भएका ३ जनालाई  जिल्ला अस्पताल बैतडी लगिएको जनाइएको छ ।
पञ्चेश्वर गाउँपालिका ०६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना हुँदा जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार