बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना: ६ को मृत्यु, घाइते ४ जनाको उपचार हुँदै

पञ्चेश्वरमा जिप दुर्घटना

बैतडी: बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

५ जनाको घटना स्थलमा र १ जनाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो ।

दुर्घटनामा गम्भीर घाइते रहेको जिप चालक दशरथ चन्द नगरपालिका–४ का ४५ वर्षीय तेज बहादुर बोहरा , पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जिप मङ्गलवार दिउसो पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार