देशभर २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना संक्रमणमुक्त

कोरोना अपडेट नेपाल

काठमाडौं: पछिल्लो २४ घण्टामा कोरोनाका ८ हजार ६५९ जना संक्रमित थपिएका छन् ।  संक्रमणका कारण ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२० हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६ सय ५ र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८ हजार ६५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

२४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन्। हाल कूल सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा छन् भने ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार