देशैभर मौसममा बदली, शुक्रबार अवस्था कस्तो हुने ?

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान
सांकेतिक तस्बिर

देशैभर मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार बिहीबार र शुक्रबार देशका अधिकांश भागमा वर्षा हुनेछ ।

काठमाडौं उपत्यकामा पनि वर्षा हुने र यो क्रम शुक्रबार पनि देखिने बताए । उनले केही मौसम दिउँसो खुल्ने देखिए पनि वर्षा भने हुने बताए । उपत्यकामा बिहानदेखि नै घाम लागेको छैन भने चिसो बढेको छ ।

उनले प्रिमनसुन देखिएकाले वर्षा हुने बताए । उनले हाल देशका पहाडी भूभागमा बदली रहेको र प्रदश १ तथा गण्डकी प्रदेशमा पूर्ण बदली रहेको बताए । केही स्थानमा अहिले पनि वर्षा भइरहेको उनले बताए ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।

हाल देशको कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । गण्डकी प्रदेश र प्रदेश नं १ का केही स्थानहरुमा साथै बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ।

महाशाखाले देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी,  प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार