चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमित

काठमाडौं: बुधबार कोरोना परीक्षण गराएका सांसद तथा कर्मचारीहरुमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संसद सचिवालयका अनुसार चार जना सांसद र दुई जना कर्मचारीमा गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बैशाख २७ गतेका लागि बोलाइएको विषेश अधिवेशन अघि बुधबार संसद भवन बानेश्वरमा कोरोनाको परीक्षण गरिएको थियो। ६ सय ९ जनामा कोरोनाको परीक्षण गरिएको र ६ जना पोजेटिभ आएको सचिवालयले जनाएको छ।

कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । हिजो सभामुखसहित १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विशवासको मत लिने भनेपछि बैशाख २७ गते विषेश अधिवेशन बोलाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार