कोरोना अपडेट : २४ घण्टामा २ हजार ९०५ जनाले जिते कोरोना

हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिए

कोरोना अपडेट नेपाल

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

त्यस्तै, शुक्रबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् । १९ हजार ९८७ जनाको पीसीआर परिक्षण गर्दा ९ हजार २३ जनामा र ४९५ जनाको एन्टीजेन परिक्षण गर्दा १७३ जनामा गरी ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५०जनाको मृत्यु भएको छ ।

थप ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८०पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार