कोरोना अपडेटः नेपालमा बितेको २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त, २२५ जनाको ज्यान गयो

कोरोना अपडेट नेपाल

काठमाडौं: कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार