बाल्यावस्थामा छाला जोगाए बुढेसकालमा पनि चाउरिँदैन

बाल्यकाल र किशोरावस्थादेखि नै विशेष ध्यान दिनु पर्दछ

छाला चाउरीने समस्या

जवानी मै चाउरीएछ गाला भन्ने गीत सुन्नु भएको होला । अर्थात कतिपय मानिसको उमेर छदैं छाला चाउरीने समस्या रहने गरेको छ । तर यसको निदान के त ?

यदि बाल्यकालमा छालाको राम्रो हेरचाह भयो भने ढल्दो उमेरमा समेत छाला चाउरीनबाट जोगिन्छ । क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी आससुन रिसर्च ल्याबका अनुसन्धानकर्ता माइकल किमलिनले गरेको अध्ययन अनुसार बाल्यकालमा हुने छालाको हेरचाहले बुढ्यौलीमा समेत छाला चाउरीनबाट जोगाउँछ ।

साइन्स अफ द टोटल इन्भाइरोमेन्ट जर्नलमा प्रकाशित सो अध्ययन अनुसार, छालालाई चाउरी र अन्य समस्याबाट जोगाउन बाल्यकाल र किशोरावस्थादेखि नै विशेष ध्यान दिनु पर्दछ । यदि कोहि सानै उमेरबाटै छालालाई घामबाट जोगाउन सक्छ भने यसको लाभ जीवनभर चम्किलो छाला पाउन सकिन्छ ।

कुनै पनि व्यक्तिले जीवनको १८ वर्षसम्म परावैजनी किरणको सम्पर्कमा रहनबाट बचे, पछिसम्म छालाको स्वास्थ्य राम्रो हुन्छ । परावैजनी किरण क्यान्सरको कारक हुन सक्छ । यो किरणको नियमित सम्पर्कले छाला खराब हुन्छ नै, चाउरी पनि पर्न थाल्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार