सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप १३३ जनामा सङ्क्रमण पुष्टि, १६ जना कोरोनामुक्त !

पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु

कोरोना संक्रमित
धनगढीः सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा १ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ६  सय ५४ जनाको स्वाब परीक्षण गरिएकोमा ५  सय २१ जनाको रिपोट नेगेटिभ आएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ६५ जनाको उपचार भइरहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १६ जना कोरोनामुक्त भएका छन् भने  थप ४ जना अस्पतालमा भर्ना भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार