आज देशभरको बाढीको अवस्था कस्तो हुन्छ ?

हेर्नुहोस् नदीको बहावको अवस्था

सिन्धुपाल्चोक बाढी
फाइल तस्बिर/सिन्धुपाल्चोक बाढी

काठमाडौं: आज बिहानको मापन अनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीमा बहाव घट्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सर्तकता भन्दा तलै हुने पूर्वानुमान रहेको छ । त्यस्तै कोशी जलाधारका केही स साना सहायक नदीमा क्षणिक मध्यम, भारी वर्षा भई बहाव बढ्ने र केही स साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान रहेको महाशाखाले बताएको छ ।

कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स साना नदीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान छ ।

हेर्नुहोस् देशभरको बाढीको अवस्था :

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार