लगातारको वर्षासँगै खसेको पहिरोमा परी डोटीमा थप दुई जनाको ज्यान गयो !

दुई बालबालिकाको मृत्यु

बालिका मृत अवस्थामा फेला
प्रतिकारात्मक तस्बिर

डोटीः डोटीमा पहिरोमा परी थप दुई जनाको मृत्यु भएको छ।  लगातारको वर्षाका कारण पहिरो खस्दा विहिबार जिल्लाका दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लाका अनुसार पहिरामा परेर मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्ट रहेका छन्।

गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला उनीहरू पहिरामा पुरिएका थिए। दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथीबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए। च्यापिएको खबर थाहा पाएपछि नेपाल प्रहरी, स्थानीयवासी उक्त स्थानमा पुगी पहिरो पन्छ्याएर निकाल्दा उनीहरूको मृत्यु भइसकेको थियो।

यसअघि बुधबार डोटीको केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बमको पहिरोले पुरिएर ज्यान गएको थियो।  जिल्लामा पहिरामा परेर हालसम्म तीन जनाको ज्यान गइसकेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार