गत आईतबार धनगढी चौराहामा मोटरसाईकल दुर्घटनामा परेका अर्का एक जनाको मृत्यु

मृत्यु/ज्यान गयो
सांकेति तस्विर

धनगढी: गत आईतबार धनगढी चौराहामा मोटरसाईकल दुर्घटनामा परेका अर्का एक जनाको मृत्यु भएको छ ।आइतबार साँझ चटकपुरबाट भन्सार तर्फ गइरहेको से ५ प २६७१ नम्बरको मोटरसाईकलले ट्राफिक चौराहामा दुई साईकललाई ठक्कर दिँदा ४ जना घाइते भएका थिए।

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का २२ वर्षीय मोहन प्रशाद जोशीको मृत्यु भएको छ ।शुक्रबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

यस अघि दुर्घटनाकै दिन साईकल यात्री कैलालीको भजनी नगरपालिका १ का साधुराम डगौराको उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का २२ वर्षीय माधव प्रशाद भट्ट गम्भीर घाइते भएका छन् । उनको  धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको जनाएको छ । एक जना साईकलयात्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार