महाकाली नदीको बिचमा फसेका ३ जनाको सुरक्षाकर्मीहरूद्वारा उद्धार !

सुरक्षाकर्मीको संयुक्त टोलीले गर्‍यो उद्धार ३ जनाको उद्धार

महाकाली नदीको बाढीमा फसेका ३ जनाको नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार

कञ्चनपुर: महाकाली नदीको बाढीमा फसेका ३ जनाको नेपाल र  भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको छ। भीमदत्त नगरपालिका १० नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फसेका वर्ष २४ का राजेश टमटा, वर्ष २० का राम टमटा र वर्ष २८ का प्रमा तिरुवाको उद्धार गरिएको हो।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बिओपी) गड्डाचौकी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सलानी गोठको समन्वयमा उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

नेपाल तर्फबाट सशस्त्र प्रहरीका १४ जवान, नेपाल प्रहरीका पाँच जवान, भारतीय एसएसबीका ५७ नम्बर वटालियन वनवसाका सात जवान र टनकपुरस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक धरमवीरको कमाण्डमा आठ जना डुङ्गासहितको टोली उद्धारमा संलग्न भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार