धनगढीमा सडक भत्काएको तर नबनाएको भन्दै स्थानीयले गरे सडकमै रोपाई !

सडक स्तरोन्नतिको माग

सडकमै रोपाई

धनगढी: धनगढीमा सडक नबनाएको भन्दै सडकमै रोपाई गरिएको छ । धनगढीको पुरानो हसनपुरदेखि शिवनगर जाने सडक निर्माण गर्न उप-महानगरपालिका वेवास्ता गरेको भन्दै  स्थानीयले सडकमै धान रोपेर विरोध गरेका हुन् ।

उनीहरूले भएको सडक भत्काएको तर नबनाएको भन्दै विरोध गर्दै रोपाई गरेका हुन् । उप-महानरपालिकाले सडक स्तरोन्नति गर्ने भनेर सडक भत्काएको तर नबनाएको भन्दै विरोध गरेको स्थानीय दिवाकर भट्टले बताए। उनीहरूले स्थानीय सरकार मुर्दावाद लेखेको प्लेकार्ड समेत बोकेर रोपाइँमा सहभागी भएका थिए।

भएका संरचना भत्काउन आउने, बनाउने नआउने भन्दै केही बेर सरकारविरुद्ध स्थानीयले नाराबाजी पनि गरेका थिए। पिच अवस्थामा रहेको सडक भत्काएपछि अहिले हिलाम्य भएर सास्ती खेप्नुपरिरहेको स्थानीयको भनाइ छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार