अछामको चौरपाटीमा जिप दुर्घटना !

जिप सडकबाट १ सय मिटर तल खस्यो

जीप दुर्घटना

अछाम: अछाममा आइतबार राती जिप दुर्घटना भएको छ । जिल्लाको चौर पाटी गाउँपालिका–१ सिउँडीमा से १ ज ४९० नम्बरको जिप दुर्घटनामा परेको हो ।

डिजेल बोकेर गएको जिप खान्डाँडा भन्ने टोलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिप सडकबाट १ सय मिटर तल खसेको छ ।

सडकको अवस्था नराम्रो भएका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार मानवीय क्षेती भने भएको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार