कैलालीको भजनी नगरपालिकामा उप-मेयरसहित ८ जनाले लगाएको ताला ३ दिनपछि खुल्यो !

कैलालीको भजनी नगरपालिका

धनगढी: कैलालीको भजनी नगरपालिकामा उप-मेयरसहित ८ जना जनप्रतिनिधिले लगाएको ताला तीन दिनपछि खुलेको छ।

प्रक्रियामा नगई मेयर शेरबहादुर चौधरीले एकलौटीरुपमा नगर सभाको आयोजना गरेको भन्दै उपमेयर छायाँ देवकोटासहितका जनप्रतिनिधिले कार्यालयमा ताला लगाएका थिए।

उनीहरुले नगर सभा पनि योजना तर्जुमा नगरी नगरसभाकोआयोजना गरेको भन्दै बहिष्कार गरेका थिए।

बुधबार योजना तर्जुमा गरेर नगर सभा गर्ने सहमति भएपछि लगाइएको ताला खुलाएको उपमेयर देवकोटाले बताइन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार