सुदूर क्षेत्रमा अबको ३ दिन ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह !

...मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्दै !

मौसम मनसुनी वायु पश्चिमी क्षेत्र

काठमाण्डाै: आज पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिमका केही ठाउँमा अहिले हल्कादेखि मध्यमखालको  पानी परिरहेको छ । दिउँसो पछि भने ठूलो पानी पर्ने सम्भावना छ ।

मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले त्यहाँ लगातारजसो ठूलो पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।

अबको तीन दिन नै लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै भोलि लुम्बिनी, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ मा र पर्सि कर्णाली प्रदेशमा पनि ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

वाग्मती प्रदेश र प्रदेश नम्बर २ मा भने आज र भोलि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै मौसमविद्ले बाढी पहिरोको जोखिम धेरै रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार