विश्वमा कोरोना सङ्क्रमितको संख्या १९ करोड नजिक, सबैभन्दा धेरै कहाँ ?

२०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण

कोरोना संक्रमित

विश्वमा कोरोना सङ्क्रमितको संख्या १९ करोड नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा थप ५ लाख ५५ हजार १८४ जनामा कोरोना पुष्टि भए सँगै विश्वमा कोरोना सङ्क्रमितको कुल संख्या १८ करोड ९७ लाख २ हजार १९० पुगेको छ ।

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा अहिले सम्म ३ करोड ४८ लाख ८७ हजार १५५ जना कोरोना संक्रमित भएका छन् । त्यस्तै दोस्रो स्थानमा भारत रहेको छ । भारतमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल संख्या ३ करोड १० लाख २५ हजार ८७५ पुगेको छ ।

त्यस्तै तेस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा अहिले सम्म १ करोड ९२ लाख ६२ हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै रुस, फ्रान्स, टर्की, र बेलायतमा ५ लाख बढिमा कोरोना पुष्टि भइसकेको छ भने, अर्जेन्टिना, कोलम्बिया र इटालीमा ४ लाख बढि कोरोना संक्रमित भएका छन् ।

२०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमणबाट हालसम्म विश्वमा ४० लाख ८२ हजार ६३६ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार