सोमबारसम्म नै वर्षा हुने, शनिबार कहाँ-कहाँ छ खतरा ?

दिनभर धुम्म भएर हल्का वर्षा भइरहने

मौसम मनसुनी वायु पश्चिमी क्षेत्र

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी सोमबारसम्म नै देशभर वर्षा हुनेछ । महाशाखाले तीन दिनको मात्र पूर्वानुमान सार्वजनिक गर्ने भएकाले सोमबारसम्म वर्षा हुने बताइएको हो । यद्यपि मौसमविद्हरुले देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले वर्षाको क्रम अझै लामो समयसम्म रहने बताएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १,  प्रदेश नं २,  बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीले गण्डकी प्रदेशका स्याङ्जा जिल्लालगायत आसपासका क्षेत्रमा शुक्रबार राति भीषण वर्षा भएको बताइन् । पछिल्लो ६ घण्टा भारी वर्षा मापन भएकाले सो क्षेत्र भई बहने साना खोलाहरुमा आकस्मिक बहाब हुन सक्ने भएकाले दिउँसोसम्मै सतर्क रहन आग्रह गर्दै सूचनासमेत जारी गरिएको छ ।

बासीका अनुसार स्याङ्जामा १५९ मिलिमिटर र कास्कीमा १०७.२ मिलिमिटर वर्षा भएको छ । शनिबार बिहान वर्षाको बहाव प्रदेश १ र लुम्बिनी प्रदेशमा सरेको छ । लुम्बिनीको नवलवरासीमा १०८ मिलिमिटर वर्षा भइसकेको छ ।

उपत्यकाको स्थिति
काठमाडौं उपत्यकामा अहिले हल्का वर्षा भएको छ । राति उल्लेखनीय वर्षा भएन ।

शनिबार दिनभर नै मौसम धुम्म रहने छ । मौसमविद् बासीले भनिन्, ‘काठमाडौंमा दिनभरि नै मौसम धुम्म हुनेछ । आज त घाम लाग्दैन ।’

त्यस्तै दिउँसो पनि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती,  प्रदेश २ तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको जनाइएको छ ।

यस्तो हुनेछ आइतबार साउन ३ गतेको पूर्वानुमान 
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चचिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी  प्रदेश र सुदूरपश्चचिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ ।

यस्तो हुनेछ सोमबार साउन ४ गतेको पूर्वानुमान 
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ।

राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार