धनगढीमा पानीको निकासको विषयलाई लिएर दुई वडाबिच विवाद सिर्जना !

पानीको उचित निकास गर्ने निर्णय

पानी निकासको विषयमा धनगढीका दुुई वडाबीच विवाद सिर्जना

धनगढी: धनगढी उप-महानगरपालिकामा पानीको निकासको विषयमा दुई बडाबिच विवाद सिर्जना भएको छ । उप-महानगरपालिकाको वडा नम्बर २ र ३ बिच वर्षापछि जमेको पानी निकासको विषयमा विवाद सिर्जना भएको हो ।

शनिवार रातिदेखि भइरहेको वर्षापछि जम्मा भएको पानी वडा नम्बर ३ बाट वडा नम्बर २ तर्फ बगिरहेकोमा डुबान हुन थालेको भन्दै बहाव रोकेपछि विवाद सिर्जना भएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले वडा नम्बर २ का स्थानीयले पानीको बहाव रोकेपछि विद्युत् प्राधिकरण र घरहरू डुबानमा पर्न थालेपछि खोलाउन खोज्दा विवाद भएको जनाए ।

स्थानीयको अवरोध र आपसी विवादपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पानीको उचित निकास गर्ने निर्णय गरेको बताउँदै प्रजिअ रिजालले स्थानीयका बिचमा सहमति नहुँदा समस्या भइरहेको जनाए । नगर प्रमुख नृपबहादुर ओड, दुवै वडाका वडाध्यक्षसहितका अन्य जनप्रतिनिधिको उपस्थितिमा भएको निर्णय कार्यान्वयन गर्दै रोकिएको पानीलाई निकास दिइने उनले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार