आज ३ प्रदेशमा भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह !

सुदूरपश्चचिम प्रदेशमा भीषण वर्षाको सम्भावना

मौसम मनसुनी वायु पश्चिमी क्षेत्र

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार आज लुम्बिनी, गण्डकी र सुदूरपश्चचिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण पहाडी  भू-भागमा भू-क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

बुधबार बिहान देशभर मौसम बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार