धनगढी: सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पूर्णता पाएको छ । यस अघि सुदूरपश्चिम मन्त्री परिषद्ले कार्यकारी उपाध्यक्षमा युवराज कुँवरलाई नियुक्त गरेता पनि सदस्यहरूको पदपूर्ति हुन सकेको थिएन।
भूगोल र समावेशितामा रहेर रिक्त सदस्य पदपूर्ति गर्नु पर्ने भएकोले केही विलम्ब भएको सामाजिक विकास मन्त्री लाल बहादुर खडकाले बताए।
शपथ सँगै पूर्णता पाएको युवा परिषद्ले अब प्रदेश सरकारले युवाका क्षेत्रमा अख्तियार गरेका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुका साथै हरेक क्षेत्रमा युवाको समुचित सहभागिताका लागि आवाज उठाउने र समृद्धि प्रदेश निर्माणका लागि उत्पादन सँग युवालाई जोडी दक्ष युवा उत्पादनमा जोड दिने परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए।
शपथ कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउदको समेत सहभागिता रहेको थियो ।
शपथ सकिए सँगै धनगढी उपमहानगर पालिका ४ एनसियल टावर नजिक रहेको परिषद्को प्रदेश कार्यालयको समेत एक कार्यक्रमका बिच मन्त्री खडकाले उद्घाटन गरेका थिए ।







You must be logged in to post a comment.