पुरुषभन्दा फरक महिलाका १० क्षमता

पुरूषलाई मन पर्दैनन् महिलाका यस्ता बानी

महिला र पुरुषको शरीर बाह्य रुपमा जसरी भिन्न हुन्छ त्यसरी नै आन्तरिक अंगको बनावट र क्रियाशैलीमा पनि अन्तर हुन्छ । यद्यपी, अधिकांश पुरुषलाई महिलाको शरीरबारे धेरै जानकारी हुँदैन ।

महिलाको शरीरको संरचना, प्रजनन अंग र महत्वपूर्ण अंगको बनावट र कार्यशैली पुरुषभन्दा धेरै नै भिन्न हुन्छ । यी हुन् महिलाको शरीर बारे १० तथ्य :

१. महिलाको शरीरमा पुरुषको भन्दा धेरै बोसो हुन्छ । यो स्तन, नितम्ब, तिघ्रा र पेटमा जम्मा हुने गर्दछ ।

२. महिलाको स्तनको आकार दुबै समान हुदैँनन् । यो अर्कोभन्दा अलि ठूलो वा सानो हुन्छ ।

३. महिलाको शरीरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले पुरुषको तुलनामा हृदयघातको समस्याबाट बचाउँछ ।

४. महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मृगौलाको आकार पुरुषभन्दा ठूलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन् ।

५. महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरु ४५–५० वर्षसम्म मात्रै आमा बन्न सक्छन् ।

६. महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रुपमा सानो हुन्छ ।

७. महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्नसक्छ ।

८. महिलामा धेरै पेन रिसेप्टर्स (पीडा सहने क्षमता) हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन् ।

९. महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।

१०. महिलाको आँखाको ज्योती पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरु राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन् । विभिन्न एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार