आजको मौषम : कुन प्रदेशको मौषम सुचक कस्तो ?

आगामी तीन दिनको मौसम पूर्वानुमान

मौसम सफा

काठमाडौं:  नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देखिन्छ ।

साथै,  मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैले आगामी २४ घण्टाका लागि देशको धेरै स्थानहरुमा मेघ गर्जन हुने  चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  ती स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव ९मभदचष्क ायिध० को जोखिम रहेको विभागले जनाएको छ ।

यस्तै, सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउ मौषम विज्ञहरुले आग्रह गरेको छ ।

हाल गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली र वाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र २८ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 २०७८ भाद्र २९ गते (मगलबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र  ३० गते (वुधबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही प्रदेश न १  प्रदेश २ र वागमती प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार