हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

हत्या गरी आँगन नजिकै शव गाडेको अनुसन्धानबाट खुल्न आएको जानकारी

जेल चलान

बझाङ : बझाङमा हजुरआमाको हत्या गरेकाे आरोपमा नाति पक्राउ परेका छन् । ​बझाङकाे दुर्गाथली गाउँपालिका ५ की ८० वर्षीया रिखी देवी जप्रेलको हत्या गरेको आरोपमा उहाँका नाति २१ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङले एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिएकाे छ । सुवास दुर्गाथली ५ का वडाध्यक्ष रामबहादुर जप्रेलका छोरा हुन् ।

वडाध्यक्ष जप्रेलले आमाकाे खोजी गर्ने क्रममा घरको भित्तामा रगतको छिटा र घर नजिकै खनेको देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।

सुवासलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका ७ को लोवादेब डाँडाबाट पक्राउ गरिएको प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्काले जानकारी दिनुभयो ।

वृद्धाले नाक र कानमा लगाएको सुनको मुन्द्रासमेत नभएका कारण सुनको मुन्द्राका लागि उहाँकाे हत्या भएकाे हुन सक्ने आशङ्का गरिएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ ल्याउने तयारी भइरहेकाे डीएसपी खड्काले जानकारी दिनुभयाे। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयाे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार