धनगढीको शिवपुरी धाम क्षेत्रमा नेपाली सेनाद्वारा वृक्षारोपण

नेपाली सेनाद्वारा धनगढीको शिवपुरी धाम क्षेत्रमा वृक्षारोपण
प्रकाशित : :

धनगढी : संविधान दिवसको अवसरमा नेपाली सेनाको ७ नम्बर युद्ध कवच गुल्म बोराडाडीले शिवपुरी धाममा वृक्षारोपण गरेको छ ।

सेनाको ७ नम्बर युद्ध कवच गुल्म बोराडाडीको आयोजनामा धनगढी उप-महानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा ७ नम्बर युद्ध कवच गुल्मका गुल्मपति मेजर रगेन थापा मगर, प्रदेश युवा परिषद सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवर, निर्माण व्यवसायी लक्ष्मण साउद, बैकर चन्द्र साउद, जनप्रतिनिधि लगायतका व्यक्तहरुको सहभागिता रहेको थियो ।

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट