पत्रकार पनेरुलाई ज्यान मार्ने धम्की, कारबाहीको माग

ज्यान मार्ने धम्की

पनेरुलाई ज्यान मार्ने धम्की, कारबाहीको माग

धनगढी : न्यूज एजेन्सीमा आएको समाचार प्रकाशित भएको विषयलाई लिएर बाजुराको बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता बिष्टका श्रीमान विपिन बिष्टले दिनेशखबरका सम्पादक नवराज पनेरुलाई ज्यान मार्ने धम्की दिएका छन् ।

महालेखा परीक्षणको प्रतिवेदन अनुसार बाजुराबाटै न्यूज कारखानामा लेखिएको समाचार मंगलबार प्रकाशित गरेकै आधारमा विष्टले अश्लिल गाली गर्दै सम्पादक पनेरुलाई ज्यान मार्नेसम्मको धम्की दिएका हुन् । उनले आफ्नो श्रीमतीको विषयमा आएको समाचारमा कुनै त्रुटी नभएको ‘तर पनि किन लेखेको’ भन्दै ज्यान मार्ने धम्की दिएका हुन्।

मंगलबार राति ८ बजेर ५१ मिनेटमा फोन गरेका बिष्टले अश्लिल गाली पनि गरेका हुन्। समाचार प्रकाशित गरेकै आधारमा फोन गरेर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु गलत भएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार महासंघका अध्यक्ष योगेश रावलले विज्ञप्ति जारी गर्दै समाचारको विषयमा विमती भए कानुनी बाटो हुँदाहुँदै पनि फोन गरेर तथानाम गाली गलौचका साथै मार्ने धम्की दिएको घटतनाप्रति सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। ‘हामी घटनामा संलग्न व्यक्तिलाई यथासिघ्र कानुनी कारवाहीको माग गर्दछौं,’ अध्यक्ष रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार