यातायात व्यवस्था कार्यालय सेतीबाट ट्रायल पास गर्नेलाई परीक्षणकालीन लाइसेन्स वितरण सुरु

चिट बोक्नुपर्ने बाध्यताको अन्त्य

यातायात व्यवस्था कार्यालय सेतीले धनगढीबाट परीक्षणकालीन चालक अनुमतीपत्र वितरण शुरु

धनगढी : यातायात व्यवस्था कार्यालय सेतीले धनगढीबाट परीक्षणकालीन चालक अनुमतीपत्र वितरण शुरु गरेको छ । यातायात कार्यालय सेतीले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागु गर्ने निर्णय गरेसँगै सुदूरपश्चिममा पनि सो निर्णय लागु भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमति पत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो । चालक अनुमतीपत्र वितरण शुरु भए सँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता पनि अन्त भएको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐन लागु गरेसँगै सुदूरपश्चिममा पनि परीक्षणकालीन सवारी चालक अनुमतीपत्र वितरण शुरु भएको छ । आज एक कार्यक्रमका बिच प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरीले परीक्षणकालीन सवारी चालक अनुमतीपत्र वितरण कार्यको शुभारम्भ गरेकी हुन् ।

परीक्षणकालीन सवारी चालक अनुमत पत्रको शुभारम्भ गर्दै राज्यमन्त्री चौधरीले अब चिट बोक्नुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । बाटोमा चेकिङ हुने र त्यसका लागी चिट बोक्नुपर्ने थियो राज्यमन्त्री चौधरीले भनिन् ‘पानीले भिज्ने, हराउने झन्झटबाट मुक्ति पाइएको छ, यसमा प्रदेश सरकारले पूर्ण सहयोग गरेको छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार