वरिष्ठ पत्रकार रामबहादुर चन्दको ९५ वर्षको उमेरमा निधन !

कञ्चनपुरका वरिष्ठ पत्रकार रामबहादुर चन्दको निधन

कञ्चनपुर : कञ्चनपुरका वरिष्ठ पत्रकार रामबहादुर चन्दको आज निधन भएको छ । छोरी–ज्वाँई ईश्वरी र सुभाष सिंहसँग ललितपुरको भैसिपाटीस्थित घरमा बस्दै आउनुभएका चन्दको ९५ वर्षको उमेरमा निधन भएको हो ।

बैतडी जिल्लाको तत्कालीन चौखाम गाविस (हाल सिगास गाउँपालिका) मा जन्मनुभएका चन्द लामो समयदेखि बिरामी अवस्थामा हुनुहुन्थ्यो  ।

महेन्द्रनगरमा बसेर लामो समय पत्रकारिता गर्नुभएका चन्दलाई प्रेस काउन्सिल नेपालले ‘प्रेस स्वतन्त्रता सेनानीको’ सम्मान समेत दिएको थियो ।

वरिष्ठ पत्रकार चन्दको निधनमा पत्रकार, आफन्तलगायतले शोक व्यक्त गरेका छन् ।

सुदूरपश्चिमको पत्रकारिताका खम्बा मानिने चन्द लामो समय वामपन्थी आन्दोलनमा पनि सक्रिय हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार