मन्त्री जोशी सहितको टोली कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा अनुगमनमा

मन्त्री जोशी सहितको टोली कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा पुगेकी छन् ।

आइतबार देखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा क्षेती पुगेपछि मन्त्री जोशी सहित टोलीको प्रभावित क्षेत्रमा पुगेको हो । बेमौसमी वर्षाका कारण कात्तिक महिनामा महाकाली नदिमा अहिले सम्मको उच्च बाढी आएको हो ।

बाढीका कारण महाकाली पुल आयोजना भित्रको भाईरल रोडले परिचित छ लेन कालोपत्र सडक समेत कटान हुन थालेको छ । भने कञ्चनपुरका विभिन्न बस्तिहरु डुवानमा परेका छन । बाढी र डुवान प्रभावित क्षेत्रको अवस्था बुझ्न मन्त्री जोशी आफै अनुगमनमा निस्किएकी हुन ।

नागरिकको जीवन रक्षाका लागि मन्त्री जोशीले सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अपील गरेकी छन् । लगातारको भारी बर्षाले सुदूरपश्चिमका विभिन्न जिल्लामा ठूलो नोक्सानी पुगेको छ ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार