राष्ट्रिय किशोर सञ्जाल नेपालको तीन वर्षे कार्ययोजना तर्जुमा हुने

राष्ट्रिय किशोर सञ्जाल नेपालको तीन वर्षे कार्ययोजना तर्जुमा हुने

धनगढी : राष्ट्रिय किशोर सञ्जाल नेपालको तीन वर्षे कार्ययोजना तर्जुमा हुने भएको छ। कार्ययोजना तर्जुमा गर्ने क्रममा कार्तिक २६ र २७ गते प्रत्येक प्रदेशका किशोरहरू सङ्ग प्रदेशमा रहेका समस्या तिनका समाधानका उपायहरू र किशोर सञ्जालले गर्न सकिने पहल र कार्यक्रमहरू बिच छलफल गर्दै वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्ययोजनामा स्थानीय समस्यालाई पनि ध्यानमा राख्दै अघि बढ्ने प्रयोजनले कार्यक्रम गरिएको सञ्जालका उपाध्यक्ष निर्देश सुवेदीले जानकारी दिए। सिविन नेपाल र सिआरसि एसिया को सहयोगमा सम्पन्न कार्यक्रममा मुलुकभरका १४० भन्दा बढी किशोरहरू, राष्ट्रिय किशोर सञ्जाल नेपालका पदाधिकारी, किशोरी सञ्जालकी सचिव, सिविन नेपालका कर्मचारीहरू सहभागी थिए।

कार्यक्रममा बोल्दै सिविन नेपालका ध्रुव गौतमले किशोर सञ्जाललाई कार्ययोजनाका लागि बधाई तथा शुभकामना दिँदै किशोर किशोरीहरूको क्षेत्रमा यो सञ्जालले अहम् भूमिका खेल्ने कुरामा आफू विश्वस्त रहेको बताए। राष्ट्रिय किशोरी सञ्जालकी सचिव सिम्रन थापा, सिविन नेपालकी निरीजना भट्टले कार्ययोजनाका लागि सञ्जाललाई बधाई तथा शुभकामना दिए।

कार्यक्रम सञ्चालन सञ्जालका कोषाध्यक्ष विजय श्रेष्ठ गरेका थिए भने सञ्जालका अध्यक्ष विजयराज जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार