डोटीका ३९ वर्षीय क्यान्सर पीडित रावलको निधन

डोटीका ३९ वर्षीय क्यान्सर पीडित रावलको निधन

धनगढी : डोटीको शिखर नगरपालिका ११ मल्ली सात निवासी क्यान्सर पीडित प्रेम बहादुर रावलको ३९ वर्षका उमेरमा मृत्यु भएको छ ।

विगत १ वर्ष देखी भारतको तामिलनाडु चन्नै हस्पिटल, नेपाल स्थित चितवन र काठमाडौँ लगायतका विभिन्न अस्पतालमा उपचार गराइ सकेका उनको उपचार सफल नभए पछि उनलाई आफ्नै निवास फर्काइएको थियो । रावलको डोटीको शिखर नगरपालिका ११ मल्ली सात स्थित आफ्नै निवासमा निधन भएको हो ।

उनि भगवती आधारभूत विद्यालयका सहायक कर्मचारीका रूपमा काम गर्दै आइरहेका थिए । ३ वर्ष अगाडि भिर बाट लडेर उनकी श्रीमतीको मृत्यु भएको थियो । उनका १८ वर्षीय, १२ वर्षीय २ छोरा र १३ वर्षीय र १६ वर्षीय २ छोरी रहेकी छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार