SKIP THIS

धनगढी उप-महानगरपालिका

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, कृष्णनगरको गोलघरमा दीप प्रज्वलन गरी सुरु

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, कृष्णनगरको गोलघरमा दीप प्रज्वलन गरी सुरु

कृष्णनगर : कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दीप प्रज्वलन गरी भव्य रूपमा आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

“घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा माइती नेपाल, आफन्त नेपाल,पि.आर.सी नेपाल,साना हात,सु आहारा दोस्रो , नेपाल प्रहरी लगायत विभिन्न सङ्घ संस्थाहरूको सहकार्य रहेको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका नि.प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय,विभिन्न सङ्घ संस्थाको उपस्थिति रहेको थियो । कार्यक्रमा सशस्त्र प्रहरी ,नेपाल प्रहरीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा ईश्वरी प्रसाद पौडेल ले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न कृष्णनगर नगरपालिका का नि. प्रशासकीय अधिकृत चन्द्र राम चौधरीले बताउनु भयो ।

कार्यक्रममा माइती नेपालका कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्री वास्तव , पत्रकार, समाजसेवी, जनप्रतिनिधि, कर्मचारी लगायत अन्यको उपस्थित रहेको थियोl कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले सञ्चालन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार