जिप दुर्घटनामा परी बैतडीमा ३ जना घाइते, चालक फरार

घाइतेहरुलाई उपचारका लागि धनगढी पठाइयो

जिप दुर्घटनामा परी बैतडीमा ३ जना घाइते, चालक फरार

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बैतडीको गोठलापानीबाट दोगडाकेदार ४ बसालीतर्फ गईरहेको से १ ज २२६ नम्बरको जीप बिहीबार दिउँसो ४ बजेतिर दोगडाकेदारको तारल भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटनामा परेर बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका १४ वर्षीय भीम धामी, सोही ठाउँका २५ वर्षीय दीपकसिंह कार्की र प्रहरी जवान समेत रहेका दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्मर महरा घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको खोचलेक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोती बमले बताए।

जीप सडकबाट करीब ५० मिटर तल खसेको छ। जिपमा १० जना सवार रहेका बताइएको छ। जीप चालक भने फरार रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार