जन सांस्कृतिक महासंघ नेपालको केन्द्रीय उपाध्यक्षमा बैतडीका कुँवर चयन

जन सांस्कृतिक महासंघ नेपालको केन्द्रीय उपाध्यक्षमा बैतडीका कुँवर चयन

धनगढी : नेकपा माओवादी केन्द्र निकट रहेको जनसांस्कृतिक महासंघ नेपालको केन्द्रिय उपाध्यक्षमा बैतडीका माओवादी केन्द्रका युवा नेता तथा जनयुद्धकालका जनवादी कलाकार विक्रम कुँवर चयन भएका छन् ।

सनिवार महासंघको काठमाण्डौंमा भएको सम्मेलनले उपाध्यक्षमा कुँवरलाई सर्वसम्मत चयन गरेको हो । संघको अध्यक्षमा मातृका पौडेललाई चयन गरेको छ ।

लेखक संघ, चलचित्रकर्मी संघ, नाट्यकर्मी संघ, कलाकार संघ लगायतका सात ओटा घटक मिलेर जनसाँस्कृतिक महासंघ गठन भएको र यसले जनसंस्कृति विकासका लागि काम गर्ने उपाध्यक्ष कुँवरले बताए ।

महासंघको उपाध्यक्षमा चयन भएका कुँवरले जनचेतामूलक गिती एल्बम समेत निकालेका छन् । उनले लामो समयदेखि जनवादी गायक भएर पछिल्लो सयमा ड्यौडा गीत मार्फत चेतना फैलाउँदै आएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार