भोली धनगढीमा सप्तरङ्ग कार्यक्रम हुने, राजेश हमाल लगायतका कलाकार धनगढीमा

भोली धनगढीमा सप्तरङ्ग कार्यक्रम हुने, राजेश हमाल लगायतका कलाकार धनगढीमा

धनगढी : धनगढीमा सप्तरङ्ग सांगितिक यात्रा कार्यक्रम हुने भएको छ। पुस ५ गते धनगढी ४ स्थित ट्राफिक चौराहबाट र्‍यालीसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा पुगेर कार्यक्रम सन्चालन हुने जनाइएको छ। दिउँसो ४ बजेबाट कार्यक्रम सूरु हुने बताइएको छ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने छ। उक्त कार्यक्रमका लागि राजेश हमाल, प्रमोद खरेल, बद्री पंगेनी, अनिल सिंह, अस्मिता अधिकारी, मिलन नेवार, रवि वडलगायतका कलाकार धनगढी आउने भएका छन्। सो कार्यक्रम नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अनतरगत आयोजना गर्न लागेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार