फलाम खानीको सम्भाव्यता अध्ययन गर्न भुगर्भविद्को टोली बैतडीको पुर्चौंडीमा

पुरचौंडी नगरपालिका

बैतडी : बैतडीको पुर्चौंडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गर्न भुगर्भविद्को टोली पुगेको छ । खानी तथा भुगर्भ विभाग लैनचौर काठमाण्डौंको टोली फलाम खानीको सम्भाव्यता अध्ययन गर्न पुर्चौडी पुगेको त्यहाँका स्थानीय महेश बोहराले बताए ।

खानी तथा भुगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेल नेतृत्वको टोली पुर्चौंडी पुगेको हो । टोलीमा जियोलोजिष्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली रहेका छन् ।

पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा रहेको फलाम खानीको टोलीले सम्भाव्यता अध्ययन गर्ने सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताए । भोलीदेखि सम्भाव्यता अध्ययनको काम शुरु हुनेछ भने आज ठाउँको वस्तुस्थिती अवलोकन गरिएको कँडेलले बताए ।

टोलीले पहिला फलाम उत्खनन गरेका ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गर्ने उनले बताए । यसका साथै जमीनमुनि फलाम रहे नरहेको बारेमा अध्ययन गरिने बताइएको छ ।

दुई तरीकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने भुगर्भविद् कँडेलले बताए । इलेक्ट्रिक एसीसटेन्ट तरीका र म्याग्नेटियम तरीकाबाट अध्ययन गरिने बताइएको छ । सम्भाव्यता अध्ययनपछि फलाम भए नभएको थाहा हुनेछ । भुगर्भविद्हरुको टोलीले तयार पारेको प्रतिवेदनपछि फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया शुरु हुने बताइएको छ ।

फलाम खानी सञ्चालन गर्न सके यो क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने पुर्चौंडी नगरपालिका ८ वडा अध्यक्ष जनकबहादुर बिष्टले बताए । खानीको सम्भाव्यता अध्ययन गरिदिन भनेर आफू खानी तथा भुगर्भ विभागमा समेत पुगेको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार